राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान

Sharing is caring!

फागुन २६, २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ ले गर्न लागेको ‘वुमन इन पावर’ कार्यक्रममा सहभागी हुन आज साँझ पाँच दिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरू लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरे।

लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्रा्िष्ट्रय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनमा विश्वका विभिन्न राष्ट्रका महिला राष्ट्र प्रमुख, सरकार प्रमुख तथा नेतृहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नेपालकी महिला राष्ट्र प्रमुख भण्डारीले मार्च १२ तारिखमा उक्त कार्यक्रमलाई सम्वोधन गर्नेछिन् ।

राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *