भारतमा लोकसभा निर्वाचनको मिति घोषणा,७ चरणमा मतदान हुने

Sharing is caring!

फागुन २६, २०७५ । भारतमा लोकसभाको निर्वाचन सात चरणमा हुने भएको छ ।

११ अप्रिलबाट सुरु हुने निर्वाचन १९ मेमा सकिनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।

आइतबार भारतीय चुनाव आयोगले पत्रकार सम्मेलनगरि आम निर्वाचनको मिति घोषणा गरेको हो ।

भारतको संविधान अनुसार लोकसभा ५ सय ४३ सिटका लागि हुने मतदानका लागि करिब ९० करोड योग्यता पुगेका मतदाता रहेको आयोगले जनाएको छ ।

निर्वाचन तालिका:

पहिलो चरण:  ११ अप्रिल: ९१ सिट

दोस्रो चरण:  १८ अप्रिल: ९७ सिट

तेस्रो चरण:  २३ अप्रिल: ११५ सिट

चौथो चरण:  २८ अप्रिल: ७१ सिट

पाँचौं चरण:  ६ मे: ५१ सिट

छैटौं चरण:  १२ मे: ५९ सिट

सातौं चरण:  १९ मे: ५९ सिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *