सुराकीको नाममा पुरस्कार दिने व्यवस्था खारेज गर : आम जनता पार्टी

Sharing is caring!

असोज २३, २०८० । आम जनता पार्टीले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार दिने व्यवस्था हटाउन माग गर्दै भन्सार विभागमा धर्ना दिएको छ ।

संसदलाई छलेर नियमावलीमार्फÞत् देशको राजस्व व्यक्तिलाई दिने प्रवृत्ति गलत रहेको भन्दै मंगलबार उक्त व्यवस्था खारेजी माग गर्दैै धर्ना दिइएको हो ।

पर्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले पुरस्कारको नाममा नीतिगत भ्रष्टाचार गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

उनले भने, ‘जुन ढंगले पुरस्कारको नाउँमा बाँडेर खाने काम गरिएको छ, यो नीतिगत भ्रष्टाचार हो । यसको अन्त्य हुनुपर्छ ।’

पुरस्कारको नाममा राजस्व लुट्ने कार्य बन्द गर, भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसन खारेज गर, भ्रष्टाचारीलाई कारवाई गर जस्ता नारा लगाएर कार्यालय परिसरमा धर्ना दिइएको थियो ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८ र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी–निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई सरकारले ३० प्रतिशत र त्यसको सुराकी दिनेलाई १५ प्रतिशत गरी विनियोजित कुल रकमको ४५ प्रतिशत रकम पुरस्कारस्वरूप व्यक्तिलाई दिने व्यवस्था छ ।

संसदलाई छलेर नियमावलीमार्फÞत् देशको राजस्वलाई सुराकीको नाममा उल्टो नीतिगत भ्रष्टाचार गरेको ठहर आम जनता पार्टीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *