राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्दै

Sharing is caring!

कात्तिक १२, २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो विदेश भ्रमणका शिलशिलामा आज सोमबार कतार प्रस्थान गर्दै हुनुहुन्छ ।

कतारका अमिर सेख तामिम बिन हमाद अल थानीको औपचारिक निमन्त्रणमा उहाँ चार दिने भ्रमणका लागि दोहा प्रस्थान गर्दै हुनुहुन्छ । त्यहाँका अमिर थानीसँगको शिष्टाचार गर्ने राष्ट्रपति भण्डारीले त्यहाँ कार्यरत नेपालीको श्रम सुरक्षा, चुनौतीसँगै नेपालमा कतारी लगानी भित्र्¥याउने प्रस्ताव गर्ने बताइएको छ ।

भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, कुटनीति राहदानी बहाकलाई दुवै मुलुकले छुट दिने लगायतका विषयमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदाश बैरागी, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको व्यवसायीको टोली पनि सहभागी हुँदैछ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आफ्नो सम्बोधनमा उहाँले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमा बाढ्न आग्रह गर्ने बताइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको कतार भ्रमणलाई स्वीकृत गरेको छ ।यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *