माइतीघरमा विरोध प्रदर्शन गर्न नपाउने गृह मन्त्रालयको निर्णय

Sharing is caring!

असार १५, २०७५ । गृह मन्त्रालयले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ ।

बिहीबार गृहमन्त्रलायमा पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलले माइती घर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्दै प्रर्दशन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान तोकेको जानकारी दिएका छन् ।

अब खुल्लामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर, भुईखेल चौर भगवान पाउ, पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशालामा मात्र सभा, प्रर्दशन गर्न पाइनेछ ।

केही समय अघि गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोक्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार जिल्ला सुरक्षा समिति काठमाडौंले माइतीघर मण्डलामा विरोध र प्रदर्शन गर्न नपाउने निर्णय गरेको थियाे ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *