महिला टि–ट्वेन्टी क्रिकेट : आज नेपाल र कुवेत भिड्दै

Sharing is caring!

भदौ ६, २०८० । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज कुवेतसंग प्रतिश्पर्धा गर्दैछ । पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल आज बुधबार कुवेतसंग खेल्न लागेको हो ।

मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबार भएको खेलमा हङकङले दिएको ८५ रनको चुनौति नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपाल र हङकङसहित मलेसिया र कुवेतले चारदेशीय टी–ट्वेन्टी श्रृंखला खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *