प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका भ्रमणमा जाँदै

Sharing is caring!

भदौ ६, २०८० । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन् ,परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुनका लागि गरिने भ्रमण स्वीकृत गर्ने निणर्य भएको छ ।

प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदैछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले राष्ट्रसंघीय महासभामा सहभागी हुँदैछन् । साथै दाहाल विभिन्न साइडलाइन बैठक तथा कार्यक्रममा समेत सहभागी हुने छन् ।

आगामी असोजको पहिलो साता प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यतालिकासमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *