चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै

Sharing is caring!

भदौ ६, २०८० । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ ।

चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमााको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धतगर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीले, ‘यदी चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी धु्रवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ ।’ लेखेको छ ।

यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजि हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ ।

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ ।अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *