मलेसियाका पूर्वप्रधानमन्त्री नजिब पक्राउ

Sharing is caring!

असार १९, २०७५ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ पर्नुभएको छ ।

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उहाँलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ ।

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो ।

उहाँकै पूर्वअविभावकसमेत रहनु भएका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिनु परेको थियो ।

निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो ।

रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उहाँकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उहाँको सौतातर्फको छोरो रिज अजिज र उहाँका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो ।

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने विषेश टोलीका अनुसन्धानकर्ताहरुले अन्य सरोकारवालाहरुसँग पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *