मण्डपबाटै बेहुला बेहुली समातिएपछि राेकियाे बालविवाह

Sharing is caring!

वैशाख १६, २०७५ । रुकुम(पश्चिम) सानीभेरी गाउँपालिका ९ को सिम्ली प्रहरीले बाल विवाह गर्दै गरेका दुई किशोर किशोरीलाई नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ । सानीभेरी गाउँपालिका ७ सिम्ली फुक्रुकी १७ वर्षीया किशोरी र सानीभेरी गाउँपालिका १० अर्माका १८ वर्षीय किशोर विच विवाह हुन लागेको खवर पाएपछि प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो ।

केटी पक्षले माईती फुक्रुमै धुमधामका साथ विवाह गराएर छोरीको कन्यादान दिने तयारी गरिरहेको प्रहरी चौकी सिम्लीका इन्चार्ज गगनसिंह ठकुरीले जानकारी दिए । ‘दुवै पक्षको सहमतिमा विवाह हुन लागेको खवर प्राप्त भयो’, उनले भने, ‘त्यसपछि हामीले विवाहको मण्डपबाटै केटा र केटीलाई नियन्त्रणमा लिएर विवाह रोक्यौं ।’

विवाह गर्न लागेको दुवैलाई सम्झाई बुझाई शनिवार आफन्तको जिम्मा लगाईएको छ । त्यस्तै बाल विवाह गरिदिन लागेका उनिहरुका आफन्तहरुलाई समेत सम्झाइएको प्रहरीले जनाएको छ । शुक्रबार नियन्त्रणमा लिइ छलछल गर्दा नभ्याएपछि शनिबार आवश्यक परामर्श सहित उमेर नपुगी विवाह नगर्ने शर्तमा छाडिएको प्रहरी चौकी इन्चार्ज ठकुरीले बताए ।

दुवै पक्षले गल्ति स्वीकार्नुका साथै उमेर नपुगी छोराछोरीको विवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका, जिल्ला बाल कल्याण समिति, प्रहरी चौकी, गाउँपालिका स्तरीय बाल संरक्षण समिति र रुकुमेली समाज विकास केन्द्रको रोहबरमा छलफल गरी जिम्मा लगाइएको हो । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *