पार्टी एकतालाई मोदीसँग किन जोड्ने ?

Sharing is caring!

वैशाख १६, २०७५ । नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पार्टी एकतासँग नजोड्न आग्रह गरेका छन् । पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गोरखा आइपुगेका नेता श्रेष्ठले शनिबार पत्रकार भेटघाटमा नेपालको आन्तरिक मामिलामा विदेशीको  हस्तक्षेप माग पनि नगर्ने र स्वीकार पनि नगर्ने बताए ।

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ” उनले भने “ हामी उहाँलाई हार्दिकतापुर्वक स्वागत गर्छौ ,तर पार्टी एकताको कुरालाई मोदी वा अरुसँग किन जोड्ने । नेपालको आन्तरिक मामिलामा अरु कसैबाट हस्तक्षेप स्वीकार गर्ने वा हस्तक्षेप आमन्त्रण गर्ने दिन गए ।”

नेता श्रेष्ठले बैशाख २० गते दुवै पार्टीका अध्यक्ष ओली र दाहालबीच बैठक बसेर पार्टी एकताको मिति तय हुने बताए । “२० गते दुई अध्यक्षबीच  छलफल हुन्छ, त्यसका भोलीपल्ट पार्टी एकता संयोजन समितिको  बैठक बस्छ । अध्यक्षहरुको सुझावका आधारमा पार्टी एकता घोषणाको मिति तोकिन्छ ।” उनले  यसअघिको पार्टी एकिकरण मितिको घोषणा आधिकारिक रुपमा नभएको दाबी समेत गरे ।

पार्टी एकता घोषणा गर्न कुनै महत्वपुर्ण दिवस नपर्खने उनको भनाई छ । उनले भने ,“अब हाम्रो एकता भएको दिनलाई नै ऐतिहासिक दिवस बनाउने टुंगोमा पुगेका छौ । छिट्टै एकता हुन्छ ” पार्टी एकता प्रतिशतभन्दा समानता, सम्मानजनक आधारमा हुने उनले बताए ।

“प्रतिशतका आधारमा पार्टी एकता हुदैन ” उनले भने “पार्टी एकता सम्मानजनक हुन्छ । समानताको नीतिमा आधारित हुन्छ । यसबारेमा अतिरञ्जित ढंगले बुझ्न जरुरी छैन ,बाहिर चर्चामा आएजस्तो यसकै कारण पार्टी एकतामा अलमल भएको बुझ्न जरुरी छैन ।”  यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *