बहुमतको सरकारले मात्र केही हुँदैन : गगन थापा

Sharing is caring!

साउन २७, २०८० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् ।

आज नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चातकाृ पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।

उनले भने, पूर्ण बहुमतमको सरकारले पनि केही हुँदैन रहेछ । राजनीतिक दल प्रति नागरिकहरुको विश्वास चाहिने रहेछ । कतिको विश्वास गरेका छन भन्ने कुराले अर्थ राख्ने रहेछ । नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो ।

महामन्त्री थापाले सेवा गर्ने बेलामा कांग्रेसले टोपी खोल्न नहुने बताए । एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *