दिउँसोदेखि ६ प्रदेशमा अझ धेरै पानी पर्ने

Sharing is caring!

साउन २७, २०८० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसम विभागले उल्लेख गरेको छ ।

हाल देशभर सामान्य देखि मौसम पूर्ण बदली रहेको छ । रातीदेखि नै बागमती प्रदेशको काठमाडौं उपत्यका सहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । शनिबार दिउँसो देशभर सामान्य देखि मौसम पूर्ण बदली रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ । पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाको जिरीमा भएको छ । त्यहाँ १२१ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै,लुम्लेमा ४३ दशमलव ६,धरानमा ४१ दशमलव २,नेपालगञ्जमा ९ दशमलव ८,पोखरामा ३ दशमलव ४ र काठमाडौंमा २ दशमलव २ मिलमिटर वर्षा मापन भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *