आत्तिएका यादव र नडगमगिएका प्रचण्ड

Sharing is caring!

साउन २७, २०८० । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ

न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार गृह मन्त्रालयले संघर्ष समितिसँग गत मंगलबार सहमति गरेको थियो ।

सहमतिपत्रमा घटनाको छानबिन गरी अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिनेलगायतका विषय उल्लेख गरिएको छ । सो सहमति भएको पत्र सार्वजनिक भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव आत्तिएका छन् । ’अबगकभ यादवसहितका नेताविरुद्ध किटानी जाहेरी परेको छ । पीडित परिवारले यादवकै योजना एवं निर्देशनमा २८ जनाको हत्या हुनेगरी गौर हत्याकाण्ड भएको बताउँदै आएको छ ।

गौर हत्याकाण्डका पीडितसँग सरकारले सहमति गरेको पत्र पढेपछि यादवले पार्टीको विशेष बैठक बुधबार बोलाएका थिए । बैठकमा यादवले प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डको छानबिन गरेर आफूहरूलाई जेल पठाउन खोजेको र अब सरकारको विकल्प’दयगत अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

छलफलपश्चात यादवले प्रधानमन्त्री प्रचण्डलाई भेट्न खोजेका थिए । तर, तत्काल उनीहरूको भेटघाट हुन सकेन । सहमतिपश्चात आत्तिएका यादव दौडिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर तत्कालै सत्तारूढ दलको बैठक बोलाउनुपर्ने माग गरे । गौर हत्याकाण्ड छानबिन गरी अगाडि बढाउने काम सरकारले गर्छ भने आफूहरू सरकार छोड्ने भनेर यादवले देउवासामु घुर्की देखाउँदै निस्केका थिए ।

यादव र देउवासँगै रहेका एक नेताका अनुसार त्यसपछि देउवाले सो कुरा प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए । तर, प्रचण्डले देउवालाई सिधा जवाफ दिए, ‘१२ गए १४ आउँछ । चिन्ता नगर्नुस् ।’

यो भनेको यादवको पार्टी गए राप्रपालाई सरकारमा भित्र्याउने प्रचण्डको भरलाग्दो जवाफ थियो । जसपासँग १२ सांसद छन् र राप्रपासँग १४ जना सांसद रहेका छन् । राप्रपा पनि भित्रभित्र सरकारमा जाने विषयमा आन्तरिक बहसमै रहेको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले गत १६ जेठको संसद् बैठकमा भनेका थिए, ‘ठुलाठुला भयानक हत्याकाण्ड छन्, ती हत्याकाण्डको खोजिनीति गर्नु छ चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड ।’

सोही दिन प्रचण्ड माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा सहभागी भएका थिए । त्यहाँ उनले सम्बोधन गर्ने क्रममा गौर हत्याकाण्डको पनि कुरा उठाएका थिए । बैठकमा प्रचण्डले भनेका थिए, ‘ती घटनामा के भएको हो भन्ने कुराको सत्यतथ्य केही आएको छैन । यी सबै कुरा लगेर अब जनतामा नयाँ विश्वास जगाउनु छ ।’

प्रचण्डले गौर हत्याकाण्ड’दयगत चासो राख्नु र यता आन्दोलनरत पीडित परिवारसँग सो’दयगत छानबिन गर्ने, अपराधीलाई कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिने सहमति गर्नुले जसपा अध्यक्ष सशंकित हुनु स्वाभाविक नै हो । त्यसैले यादवले सरकार छोड्ने घुर्की देउवादेखि प्रचण्डसम्मलाई दिइरहेका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *