प्रचण्ड प्रतिक्रान्तिकारी कित्तामा पलायन भए: गोपाल किराँती

Sharing is caring!

जेठ ३१, २०७५ । गोपाल किराँतीले नेकपा (माओवादी केन्द्र)को पुर्नगठन गरेको दाबी गरेका  छन् । किराँतीको अध्यक्षतामा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको पुर्नगठन गरिएको दाबी गरेका हुन् ।

किराँतीको  अध्यक्षतामा पुर्नगठन भएको भनिएको  माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापा मगर, महासचिवमा कर्णजीत बुढाथोकी‘सुशील’ र सचिवमा राजन तिमिल्सिना छन् ।

७०१ सदस्यीय महाधिवेशन आयोजक समिति रहने बैठकले निर्णय गरेको छ ।  पुर्नगठित माओवादीमा केन्द्रका १७५  सदस्यीय पोलिब्यूरो र ४३ सदस्यीय केन्द्रीय सचिवालय रहने छ । प्रदेश १ मा तिलक थापा, प्रदेश २ मा राजन तिमिल्सिना,प्रदेश ४ र ५ मा भविश्वर पराजुली तथा प्रदेश ६ र ७ मा कर्णजीत बुढाथोकीलाई इन्चार्ज तोकिएको छ ।  बैठकले प्रदेश ३ मा केन्द्रीय कार्यालयलाई हेर्ने निर्णय गरेको छ ।

किराँतीको अध्यक्षताका बसेका बैठकले राष्ट्रियता, जनवाद र जनजिविकाको सवालमा विभिन्न निर्णय गरेको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणमा नेपाली सुरक्षाकर्मीमाथि अपमान गरेको सरकारले माफी माग्नुपर्ने ठहर समेत पुर्नगठित माओवादी केन्द्रले गरेको छ ।

बैठकले नेपाल भारतको सिमानाका पर्खाल वा काँडेतार लगाउनु पर्ने, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता गर्नु पर्ने, प्रदेशको नामाकरण गर्दा ऐतिहासिक एवं सामुदायिक पहिचानको आधारमा राख्नु पर्ने, भूकम्पपीडितलाई ५ लाख राहत दिनु पर्ने, चरम महंगीविरुद्ध राष्ट्रिय संकटकाल घोषणा गरी श्रमिक तथा गरिबलाई विशेष राहतको व्यवस्था गर्नु, सिमाना रक्षा तथा भ्रष्टाचार र महंगीविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने, गणतन्त्र स्थापनामा ऐतिहासिक योगदान गर्ने सहिद परिवार तथा पूर्वजनमुक्ति सेनालाई प्रति व्यक्ति १० हजार गणतन्त्र भत्ता उपलब्ध गराउनु माग गर्नेलगायतका निर्णय गरेको छ ।

बैठकले किराँतीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम शीर्षकको राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । माक्र्सवाद–लेनिनवाद –माओवादीको रक्षा र विकासमा जोड दिने, पार्टी एकताको १३ बुँदे पत्रका आधारमा खोज अनुसन्धानद्वारा महाधिवेशनबाट समाजवादी क्रान्तिको राजनीतिक कार्यनीति संश्लेषण गर्ने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपभोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने, सर्वहारा वर्गको अग्रदस्ता सुदृढीकरणको लागि पार्टी प्रमुखसहित एक टोली सत्ता-सरकारमा नजाने यदि जानु परेमा पार्टी प्रमुखबाट राजीनामा दिएर जानु पर्ने,  क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण वृहत अभियान सञ्चालन गर्ने लगायतका राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

किराँतीको प्रतिवेदनमा पूँजीवादी गणतन्त्र स्थापनासम्म क्रान्तिकारी भूमिका खेलका प्रचण्ड त्यसपछि भने प्रति क्रान्तिकारी कित्तामा  पलायन भएको ठहर गरेकाे छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्रलाई सहयोग गर्नुहोस, माओवादी निधनपछिको अन्तर्राष्ट्रिय कम्युनिस्ट अन्दोलन र प्रचण्डको पलायनपछि नेपाली कम्युनिस्ट आन्दोलनले उठाएका प्रश्नको जवाफ हामी खोजी निकाल्ने प्रतिज्ञा गर्दछौ ।’ यो खबर आजको अन्नपुर्ण पोस्टमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *