दसैंका लागि काठमाडाैंमा खसी, बोका आयात सुरु

Sharing is caring!

असोज २९, २०७५ । सरकार र व्यवसायीले दसैंका लागि खसी, बोका आयात सुरु गरेका छन् । व्यवसायीले तराईका केही जिल्ला र भारतबाट ठूलो संख्यामा खसी, बोका आयातको प्रबन्ध मिलाएका हुन् । सरकार स्वामित्वको खाद्य संस्थानले भने हेटौंडाबाट एक हजार खसी, बोका खरिद गरेर काठमाडौं ल्याउन लागेको छ ।
संस्थानले बुधबार साँझसम्म हेटौंडाबाट एक हजार खसी, बोका काठमाडौं ल्याइसक्ने प्रवक्ता संकर सापकोटाले जानकारी दिए । ‘काठमाडौंको थापाथलीस्थित कार्यालयमा राखेर बिक्री हुन्छ । बुधबार नै मूल्य तोक्ने र बिहीबारबाट बिक्री सुरु गर्ने तयारीमा छौं’ उनले भने । संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रासमेत काठमाडौंका लागि हिँडाइसकेको छ ।

यस वर्षको दसैंमा करिब ६० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । सोहीअनुसार आयातको व्यवस्था गरेको चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए । दसैंमा ८० प्रतिशत खसी, बोका भारतबाट आयात हुने गरेका छन् ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *