पार्टी एकीकरण अन्तिम चरणमा: अध्यक्ष प्रचण्ड

Sharing is caring!

वैशाख १९, २०७५ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएकोे छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको अध्यक्ष प्रचण्डले बताउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयोे ।

एकताका विषयमा धेरै विषय मिल्दै गएको र बाँकी रहेका विषयलाई बिहीबार दुई अध्यक्षबीच छलफल गरेर अन्तिम रुप दिने चरणमा पुगेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

बैठकमा उहाँले एकतालाई सबै तहमा मिलाएर लैजानका लागि संगठनलाई सुदृढ गर्नसमेत बैठकमा निर्देशन दिनुभएको थियो । प्रवक्ता भुसालका अनुसार तलैसम्म कमिटीलाई चुस्त बनाउन र पार्टी सदस्य नवीकरणसहित संगठनलाई अध्यावधिक गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *