बीपी इतिहासकै प्रभावशाली व्यक्ति : प्रा डा. खनाल

Sharing is caring!

भदौ ३०, २०८० । प्राध्यापक डाक्टर कृष्ण खनालले नेपाली राजनीतिमा बीपी कोइराला जति प्रभावशाली व्यक्ती कोही नलागेको बताएका छन् ।

काठमाडौंमा बीपी कोइरालाको बीपीको डायरी सार्वजनिक कार्यक्रममा प्राडा खनालले, ईतिहासमा अदालतमै उभिएर आफूले क्रान्ति सुरु गरेको भन्ने सामथ्र्य भएको व्यक्ति आफूँलाई बीपी मात्रै लागेको टिप्पणी गरे ।

‘पञ्चायतको अदालतमा उभिएर दिएको, कोठामा बसेर लेखेको पनि होइन् त्यो । जब सात सातवटा मुद्दा छ । प्रत्येक मुद्दामा फासीको सजाँय माग गरिएको छ । त्यस्तै बेलामा यस्तो यस्तो बेलामा मैले क्रान्ति नगरे कस्ले गर्छ त । मैले क्रान्तिको आह्वान गरेको हुँ । मरेका छन् मान्छे त्यो बेलामा भनेर बिपिले प्रष्ट भनेका छन् ।’ उनले भने ‘ तपाईँले बन्द कोठामा बसेर सोचेर लेख्नु अर्को कुरा हो । अदालतको कठघरामा उभिएर बयानमा त्यो कुरा दिने सामान्य कुरा होइन् । त्यस कारण बीपीसंग यो क्षमता थियो भन्ने मलाई लागेको छ । बीपी जतिको प्रभावशाली व्यक्ति मलाई कोही लागेको छैन्।

त्यस्तै उनले बीपीका केही कमजोरी अवस्य रहेको भन्दै उनका सकरात्मक पक्षले उनको कमजोरीलाई छायाँमा पारेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *