नेपाल विश्वकै ६८ औं सुरक्षित मुलुक

Sharing is caring!

जेठ २९, २०७५ । ग्यालप इन्टरनेसनल सर्भेमा नेपाल विश्वकै ६८ औं सुरक्षित मुलुक भएको छ । नेपाल भारत, म्यानमार, बंगलादेश, श्रीलंका भन्दा पनि कम सुरक्षित मुलुक भएको छ । यो मामिलामा भारत २९ औं, म्यानमार ३० औं, बंगलादेश ४७ औं र श्रीलंका ५४ औं स्थानमा रहेका छन् । यो सर्भेका अनुसार छिमेकी मुलुक चीन भारत भन्दा बढी सुरक्षित देखिएको छ । यो मामिलामा चीन १३ औं सुरक्षित मुलुक दरिएको छ । पाकिस्तान भने नेपाल भन्दा बढी असुरक्षित देखिएको छ । पाकिस्ताना सूचीको ७९ औं स्थानमा रहेको छ ।

सूचीमा सिंगापुर विश्वकै सुरक्षित मुलुक दरिएको छ । दोस्रो सुरक्षित मुलुकमा नर्वे र तेस्रो स्थानमा आइसल्यान्ड रहेका छन् ।
सूचीमा भेनेजुयला विश्वकै असुरक्षित मुलुक दरिएको छ । यो मुलुक अफगानिस्तान तथा दक्षिण सुडान भन्दा पनि असुरक्षित देखिएको छ ।
भेनेजुयलाका मानिसलाई प्रहरीदेखि पनि डर भएको ग्यालप सर्भेले देखाएको छ ।

यसको तुलनामा विकसित देशमा रातमा पनि सडक सुरक्षित भएको बताइएको छ । यो मामिलामा सिंगापुर तथा केही आर्थिक रुपमा सम्पन्न युरोपेली देशहरु अगाडि देखिएका छन् । अमेरिका सूचीको ३५ औं स्थानमा रहेको छ । अमेरिकामा राती सडकमा हिडडुल गर्नुलाई असुरक्षित मानिदै आएको छ ।यो खबर आजको कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *