गगनको आरोप: प्रधानमन्त्रीलाई संघीयता मन परेन, सरकार नै फेल गराउन सक्रिय

Sharing is caring!

जेठ २९, २०७५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता सक्ने खेलमा लागेको बताएका छन् ।

‘जनताले संघीयता ठीक कि बेठीक भन्ने बहस गर्न सक्छ तर प्रधामन्त्रीले यसको विरुद्धमा बोल्न मिल्दैन,’ थापाले भने, ‘प्रधानमन्त्री ओली जसरी भए पनि संघीयता समाप्त पार्न लागेका छन् ।’

सोमवार काठाडौमा नेपाल विद्यार्थी संघको काठमाडौ जिल्ला कार्यसमितीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशीता मन नपरेको पनि जिकिर गरे ।

‘प्रधानमन्त्रीलाई मन नपरेका कारण यी दुवै मासिने खेलहरु सरकारकै तहबाट सुरु भइसकेको छ’, थापाले जिकिर गरे । केन्द्रीय सदस्य थापाले कांग्रेसलाई बलियो बनाउन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तय गरी जनतामाझ जानुपर्ने बेला आएको पनि बताए ।

कार्यक्रममा अर्का युवा नेता पौडेलले प्रधानमन्त्री देशका लागि काम गर्ने भन्दा पनि कांग्रेसलाई कसरी समाप्त पार्न सकिन्छ भन्नेमा लागिरहेको दावी गरे । पौडेलले भने, ‘देशको प्रधानमन्त्री भनेको देशको काम गर्नका लागि हो, न की प्रतिपक्षी कसरी कमजोर बनाउने भनेर लाग्ने हो ।’यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *