सन्दीपको आइपिएलमा उत्कृष्ट डेब्यु

Sharing is caring!

वैशाख ३०, २०७५ । हिलो नेपाली क्रिकेटरका रुपमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा डेब्यू गरेका सन्दीप लामिछाने सवैलाई प्रभावित पारेकाछन् । दिल्लीडेयरभिल्सका स्पिनर सन्दीपले रोयल च्यालेन्ज बेंग्लोरविरुद्ध डेब्यू गरेका हुन् ।
सन्दीपले आफ्नो पहिलो खेलमै पुरै स्पेल बलिङ गर्न सफल भए । उनले डेब्यू खेलमै पहिलो विकेट लिए ।

दिल्लीको बलिङ इनिङको २.४ ओभरमै सन्दिपले बेंग्लोरका ओपनर पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पार्दै आइपिएलकै पहिलो विकेट हात पारे । सन्दिपले उत्कृष्ट बलिङ स्पेलमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबि डि भिलियर्समाथिदबाव राख्न सफल भए । सन्दीपले ४ ओभरमा २५ रन खर्चे । यस क्रममा उनले १० पटक डट बल फ्याके । उनले २ चौका र १ छक्का सामना गरेकाछन् । भिलियर्सले उनको ओभरमा छक्का प्रहार गरेका थिए ।यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *