नेपाल इण्डिया फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्सपो बुधबारदेखि

Sharing is caring!

जेठ १, २०७६ । व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ आज (बुधबार)देखि काठमाडौँमा हुने भएको छ । दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने उक्त एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका करीब ६० समूह सहभागी हुने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भवानी राणाले स्वदेशमा अन्तर्राष्ट्रिय ब्राण्डका आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारका लागि एक्सपो गर्न लागिएको जानकारी दिइन् । नेपाली ब्राण्डलाई स्तरोन्नति गर्न सहयोग पुग्ने एक्सपोले वैदेशिक लगानीको वातावरण बन्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालस्थित भारतीय दूतावासको सहयोगमा हुने उक्त कार्यक्रममा दई देशबीचका व्यवसायीले लगानीका लागि प्रविधि, कृषि उत्पादन, पर्यटन व्यवसायलगायत क्षेत्रमा सम्भावनाको खोजी गरिने छ ।

एक्सपोमा भारतीय ब्राण्डका विभिन्न उत्पादनलाई नेपालमा कसरी व्यावसायिक गन्तव्य बनाउन सकिन्छ भन्ने विषयमा छलफल पनि गरिने बताइएको छ ।

दुवै देशका उद्यमी तथा व्यवसायीबीच व्यापार तथा आर्थिक विकासबारे अन्तक्र्रियासमेत सञ्चालन गरिने छ । यो खबर कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *