नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो, एकै दिन १८९ जनामा कोरोना पुष्टि

Sharing is caring!

जेठ १७, २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार एकै दिन सबैभन्दा बढी १२४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ ,धनुषका ७, झापा १, ललितपुकार १, महोत्तरीका ४ र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै, सर्लाहीका १७, सिरहाका ११ जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोजेटिभ देखिएको छ ।

यसैगरी प्रदेश न. १ मा १३०, प्रदेश न. २ मा ४४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । त्यस्तै, प्रदेश न.र ५ मा ४९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी ११७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताएका छन् ।

योसँगै अस्पतालबाट निको भएर डिस्चार्ज हुनेको संख्या २१९ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *