भारतमा रहेका नेपाली नागरिकहरुलाई नेपाल फर्किन बीसवटा नाका तोक्यो

Sharing is caring!

जेठ १६, २०७७ । सरकारले भारतमा रहेका नेपाली नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल फर्किनका लागि आधिकारिक रुपमा बीसवटा नाका तोकेको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल फर्किन आफ्नो नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, विरगञ्ज र महेशपुर नाका तोकेको छ ।  यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोकेको छ ।

यसअघि नै मन्त्रिपरिषद बैठकले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *