लकडाउन जेठ ३२ सम्म

Sharing is caring!

जेठ १७, २०७७ । लकडाउन जेठ ३२ गतेसम्म गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

मन्त्री खतिवडाका अनुसार सरकारले विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले लकडाउन बढाउन सिफारिस गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप गरेको हो ।

सरकारले पहिलो पटक चैत ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *