नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Sharing is caring!

साउन २३, २०८० । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरोसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा अत्याधिक बर्षाको कारण पहिरो गएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि नै पहिरोले उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।

मंगलबार बिहानबाटै विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने प्रयास गरिरहेको जनाएको छ । अहिले पनि सो क्षेत्रमा भारी वर्षा भैरहेकोले पहिरो हटाउने कार्य सुरु गर्न सकिएको छैन । पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

संघीय राजधानी काठमाडौंको लाइफ लाइन मानिएको यो महत्वपूर्ण सडकमा पहिरोका कारण सडक अवरुद्ध बन्दा नारायणगढ–मुग्लिन हुँदै काठमाडौं आउने र बाहिरिने हजारैं यात्री मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *