‘माटो र पानी, जीवनको थालनी’ भन्दै माटो दिवस मनाइँदै

Sharing is caring!

मंसिर १९, २०८० । आज विश्व माटो दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनइन्छ । ‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले यही मंसिर १६ गतेदेखि ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित कमार्यक्रम गरिरहेको छ । शनिबार शुरु भएको उक्त कार्यक्रम आज समापन गरिँदैछ ।

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार गर्ने,माटोको निःशुल्क जाँच शिविर, सञ्चालन, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ।
चारदिनसम्म जारी नार्र्कको कार्यक्रममा केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको महत्त्व, संरक्षण र सुधारलगायतका विषयमा छलफल र प्रचारप्रसारमा जोड दिएको छ । १७ र १८ गते भक्तपुरको काभ्रेको खोपासीमा किसानको बारीमा निशुल्क माटो परीक्षण कार्यक्रम गरेको थियो ।

आज केन्द्रको खुमलटारमा एक कायर्शाला गरी मुख्य कार्यक्रम आयोजना गर्ने भएको छ। माटो जिवनको अर्को स्वरुप हो । उर्वर माटोविना मावन,जिवजन्तु,वन्यजन्तु, बोटविरुवा तथा यो पृथ्वीमा जिवनको परिकल्पना गर्न कठिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *