बलात्कारपछि १० वर्षीया बालिकाको हत्या

Sharing is caring!

असोज १०, २०७५ । पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । निज अभियुक्त उनकै छिमेकी हुन्  । पौडेलले बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

श्रेया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ ।

अभियुक्त पौडेल विदेशबाट केही महिना अघिमात्र घर फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *