एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

Sharing is caring!

मंसिर १८, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अध्ययन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न सोमबार निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो ।

सचिवालयले भनेको छ, ‘एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री दाहालले गम्भीर चासो व्यक्त गर्नुभएको छ । यस सम्बन्धमा कानुन पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *