जागिर खान चाहिने प्रमाणपत्र मात्रै हुनुहुँदैन शिक्षा : रास्वपा सांसद श्रेष्ठ

Sharing is caring!

मंसिर १८, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षाको गुणस्तर रोजगारी दिलाउन प्रमाणपत्र दिने मात्र नभई उद्यमी बन्ने जनशक्ति पनि उत्पादन गर्ने प्रकारको हुनुपर्ने बताएकी छन् ।

काठमाडौंमा आयोजित शिक्षा विधेयकमाथिको छलफलमा उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकतामा जोड दिइन । गुणस्तरीय शिक्षाले रोजगारकेन्द्रित जनशक्ति मात्रै नभइ उद्यमी पनि उत्पादन गर्ने उनले बताइन ।
उनले भनिन्, ‘शिक्षामा आमूल परिवर्तन चाहिन्छ । केन्द्रविन्दु गुणस्तरलाई मानिनुपर्छ । अब विद्यार्थीको शिक्षाको गुणस्तर र रोजगारी मात्र खोज्ने होइन कि उद्यमी बन्ने पनि हुनुपर्छ ।’

शिक्षा क्षेत्रलाई राजनीतिले बिगारेको उनले टिप्पणी गरिन् । स्थानीय तहमा शिक्षक सरुवामा एकदम धेरै राजनीतिकरण हुने गरेको दाबी उनले गरिन् ।

उनले भनिन्, ‘स्थानीय सरकारमा स्थायी शिक्षकले राहत शिक्षकलाई हेप्ने भइरहेको छ । एउटा शिक्षक सरुवामा एकदम राजनीतिक लाइन लाग्ने प्रधानाध्यापकलाई चाहिने सुविधा नदिने, अधिकार पनि नदिने भइरहेको छ ।’ उनले कुनै पनि शिक्षकले अधिकार माग्न काठमाडौं माइतीघर मण्डलामा आउनुपर्ने बाध्यता गराउन नहुने टिप्पणी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *