मुगुमा उच्च हिमपात

Sharing is caring!

मंसिर १८, २०८० । आईतबार राती बाट परेको अबिरल बर्षाका कारण मुगु जिल्ला लगाएत हिमाली जिल्लामा हिमपात परेको छ भने मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थलमा बन्द भएको छ भने हिँउ पर्दा स्थानिय कृषकहरु निकै खुसी भएका छन् ।

मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु,डोल्फु,किम,मह,दाउरा,सेरोक बस्ति ,सोरु गाँउपालिकाको सोरुकोट,धैन,काल,ैखनार्या ,रुम ,खत्याड गाउँपालिकाको खमाले,सेरि,श्रीकोट,लुमेरा लगाएतका बस्तसहरुमा हिउँ परेको छ भने , छायानाथ रारा नगरपालिकाको बाम ,थार्प,पिना ताल्चा,तुुम,रोवा ,सोभा लगाएतका बस्तीहरुमा बाक्लो हिमपात परेको छ ।


गत बर्ष भन्दा यो बष हिउँ पानी छिटो परेको हो । हिउँ पानी पदा स्थानीय मुगाली कृषकहरू हिउदे बाली जै,गहुँ,उवा लगाएत अन्य उत्पादनमा राम्रो हुने भएको देखीन्छ भन्दै अन्य बालिमा र अन्य मानवमा लाग्र्ने बिभिन्न किसीमका रोगहरु कम हुर्ने भन्द्र निकै कुसी भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १ छत्याडबाट बस्र्ते कणसिला मल्लले बताएकी छन ।


हिउँ पर्दा स्थानिय कृषकहरु खुसी भएका छन भर्ने गाँउ घरमा बुढा बुढीहरु,बाल बच्चाहरु पशुचौपायहरुलाई चरिचराउन गर्दा निकै समस्या भएको छ भर्ने हिउँ पर्दा आज सोमबार जिल्ला रहेका धेरै जसो सामुदाय बिद्यालय र निजी बिद्यालय चिसोको कारण बन्द भएका छ भर्ने जिल्लामा रहेका सरकारी कार्यलयहरुमा समेत सेवालिनेहरुलाई समस्या भएको स्थानिय नागरी अगुवा चित्र बहादुर मल्लले बताएका छन ।


हिउँ पानी पदा निकै चिसो बढेको छ । आईतबार राति परेको हिमपात हुदा जिल्लाको एक मात्र ताल्चा विमान स्थलमा सेवा बन्द भएको हुदा सुर्खेत नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रुअलपत्र परेका छन ।

कर्णाली प्रदेशका मुगु,जुम्ला ,कालीकोट , डोल्फा,हुम्ला,जाजरकोट,दैलेख,लगाएतका जिल्लाहरुका भारी हिमपात परेको छ भर्ने अन्य जिल्लामा पानि परेको छ । भारी हिमपात परेपनि मानबिय कुनै पनि क्षेत्री नभएको चिसोले जनजिवनमा असरपरेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताएका छन ।

मुगुको पर्यटकीय केन्द्र सेताम्मेकी

नेपालको सुन्दर अनि ठूलो पर्यटकको केन्द्र रारा ताल अथार्त महेन्द्र ताल गए राति बाट परेको हिमापातले चाँदीले घेरेको जस्तो सेताम्मेही रारा ताल देखीएको छ । रारा घुम्न आएका पर्यटकहरु हिमपात र पानी पर्नाले हवाइ र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै रारा बाट घर तर्फ जान हतार हतार गरेको रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले बताएकी छन ।

जिल्ला अन्य क्षेत्र बुलबुले,सात ताल, दुध ताल, चङखेली, बाम, रिणिमोऋ, खेस्मालिका, सोरुकोट मा पनि हिउँ पर्न सुरु गरेको खबर जानकारी भएको छ । सदरमुकाम गमगढीमा पानी पर्न सुरु गरेको छ । बढी पानी र हिउँ परे पछि सडक अवरुद्ध भइ दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री बिच बाटोमा थन्कीने होकी भन्ने व्यापारीहरुमा पिरलो शुरु भएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताउनु भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *