भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

Sharing is caring!

मंसिर २३, २०८० । विश्वका चर्चित नेताहरुको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् । ७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए ।

दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अंकको भिन्नता थियो । यो सूची मोर्निङ कन्सल्टले तयार गरेको हो ।
मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौं स्थानमा छन् । जो बाइडेनकोे अनुमोदन रेटिङ ३७ प्रतिशत छ ।
जुन मार्चयताकै उच्च हो । राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो । यो सर्वेक्षण डाटा नोभेम्बर २९ र डिसेम्बर ५, २०२३को बीच लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *