ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

Share this news:

माघ ५, २०८० । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभिन्न स्थानका विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

गोदावरी नगरपालिकाका वडा नम्बर ५ र ६,११, १२, १३, नम्बर वडामा बिजुली ६ घण्टासम्म बन्द हुनेछ । यसैगरी लेले, टीकाभैरव, टाखेल, नल्लु, चापागाउँ, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयभन्दा अगाडि नै फिडर तान्ने काम सम्पन्न भएमा प्राधिकरणले ४ बजे अगाडि नै लाइन सुचारु गर्नसक्ने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *