जसपा सरकारमा सहभागी हुने

Sharing is caring!

फागुन २४, २०८० । जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागि हुने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, ‘एक प्रकारले हामीले सरकारलाई समर्थन दिएकै थियौं । सरकारमा थोरै फेरबदल कांग्रेसको बहिर्गमन र नेकपा एमालेको आगमनलाई हामीले सहजै स्विकार गरेर आठ बुँदे सहमति नै गरेका छौं । प्रधानमन्त्री तथा अन्य दलहरुको आग्रमा हामी सरकारमा जाने भएका छौं ।’

कुन–कुन मन्त्रालयमा को जानेबारे छलफल गरेर प्रधानमन्त्रीलाई दिने र यसका लागि सर्वाधिकार अध्यक्ष यादवलाई दिइएको प्रवक्ता सुमनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *