होस्टल एसोसिएसनमा नयाँ नेतृत्वमा

Sharing is caring!

भदौ ९, २०७६ । नेपाल होस्टल एसोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समुह निर्वाचित भएको छ । काठमाडौँमा सम्पन्न सातौं बार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समुहको पुरै टिम निर्वा्चित भएको हो ।

एसोसिएसनको नयाँ नेतृत्वको लागे पाठक समुहको प्रतिद्वन्दीका रुपमा गोबिन्द गिरि चुनावी मैदानमा थिए । निवर्तमान कार्यसमितिमा महासचिव रहेका गिरि जम्मा ३ मतको मात्र अन्तरले पराजित भएका हुन् । एसोसिएसन निर्वाचन समितिका संयोजक सुबास कोइरालाका अनुसार कुल ६९२ जना मतदाता मध्ये ५४१ जनाले मतदान गरेका थिए । जसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोबिन्द गिरीले २६० मत प्राप्त गरेका थिए ।

त्यसैगरी, वरिष्ट उपाध्यक्षमा अरुण पराजुली मतका साथ बिजयी भएका छन् । उनले केदार चम्लागाईलाई ४९ मत अन्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा सर्वा्धिक मत प्राप्त गर्दै ७३ मतान्तरका साथ निवर्तमान कोषध्यक्ष उर्मिला भट्टराई (बराल) ले ज्ञानु जोशीलाई पराजित गरेकी छिन् ।

महासचिवमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष रुपाली गुरागाईं (पौडेल)ले ६४ मतान्तरका साथ निवर्तमान ललितपुर जिल्ला अध्यक्ष सुनिता बटाजुलाई पराजित गरेकी छन् ।

सचिवमा डण्डी प्रसाद गौतमले भिम भण्डारीलाई ५२ मत अन्तरले हराएका छन् भने कोषाध्यक्षमा पूजा जोशीले ६८ मतको अन्तरले बिभय पौडेललाई पराजित गरेकी छिन् । एसोसिएसनको बिधान बमोजिमा निर्वा्चित ६ जना केन्द्रीय सदस्यहरुमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरि प्रसाद भेटवाल रहेका छन् ।

नेपाल होस्टल एसोसिएसनमा नेपालभरका लगभग ७ सय होस्टल सदस्य रहेका छन् । यसका काठमाडौँ, ललितपुर, काभ्रे, चितवन र मोरंग जिल्ला समितिहरु समेत बिस्तार भईसकेको छ । सातौं अधिवेशनले केन्द्रिय कार्य समितिमा जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेगरी बिधान संसोधन प्रस्ताब समेत पास गरेको छ ।

नव निर्वा्चित अध्यक्ष पाठकका अनुसार होस्टल व्यवसायमा देखिएका विविध समस्याहरुको पहिचान र निराकरण अबको कार्यसमितिको प्राथमिक काम हुनेछ । त्यो बाहेक एसोसिएसनको संस्थागत गरिमा र व्यवसायिक मर्यादालाई केन्द्रमा राखेर आगामी दिनका लागी कार्यक्रमहरु तय गरिने पनि उनले जानकारी दिए । आजको आवश्यकता, र सामुहिक नेतृत्वको परिपाटीलाई संस्थागत गर्दै व्यवसायिको हित रक्षार्थ आफ्नो समूह संधै सकृय रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

अब भक्ति पाठक समुहले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका कुराहरु पुरा गर्नुपर्ने होस्टल व्यवसायी तथा निर्वाचन समितिका संयोजक सुबास कोइरालाको जोड छ । पाठक समुहले आफ्नो चुनावी घोषणा पत्रमा सेवाग्राही (बिधार्थी) भर्ना फारम, बिदा फारम, आचार संहिता फ्लेक्स बोर्ड निशुल्क रुपमा वितरण गर्ने, होस्टलमा कामदारको सहज आपूर्ति व्यवस्था गर्ने र व्यवसायी, कामदार र सेवाग्राहीको समेत सामुहिक बीमाको व्यवस्था गर्ने कुरा उल्लेख गरेको थियो ।

त्यसैगरी होस्टल संचालन मापदण्डको संसोधन, जिल्ला समितिहरुलाई सहज रुपमा केन्द्रसंगको समन्वयको व्यवस्था लगायतका बिषयहरु पनि प्रतिवद्धता पत्रमा उल्लेख छन् । व्यवसायीहरुलाई सुलभ स्वास्थ्य सुबिधा लगायत धेरै तालिम र प्रशिक्षणहरुको आयोजना गर्ने लगायतका आकर्षक नाराका कारण पनि पाठक समुहले बिजय प्राप्त गरेको हुनाले त्यो पुरा गर्नुपर्ने कुरामा व्यवसायी दिनेश महर्जनले जोड दिएका छन् ।

बि. स. २०६९ सालमा स्थापना भएको एसोसिएसनको यो पाँचौं केन्द्रीय नेतृत्व हो । निवर्तमान अध्यक्ष सहित १३ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *