प्रदेश नं ५ का कार्यक्रम: ‘समृद्ध प्रदेश खुशी जनता’

Sharing is caring!

जेठ २५, २०७५ । ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने संघीय सरकारको उद्देश्य पूरा गर्न प्रदेश नं ५ को सरकारले ‘समृद्ध प्रदेश खुशी जनता’ को लक्ष्यका साथ योजनाबद्ध विकासको बाटामा अघि बढ्ने अठोट गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश ५ को सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्दै उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने तथा युवा श्रमशक्तिलाई नेपालमै स्वरोजगारी उपलब्ध गराउन सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा रोजगारीका अवसर सिर्जना गरी पाँच वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने कुरालाई केन्द्रविन्दुमा राखिएको बताउनुभयो ।

स्वास्थ्य, औसत आयु, शिक्षा, रोजगार आदिलाई आधार लिई प्रत्येक जिल्लाका मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेका गाउँपालिकामध्ये ३५ मा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ सञ्चालन गरी सबैभन्दा सीमान्तकृत समुदाय र क्षेत्रलाई विकासमा मूलप्रवाहीकरण गर्दै देख्न र मापन गर्न सकिने गरी जीवनस्तरमा सुधार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *