नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत

Sharing is caring!

कात्तिक ५, २०७५ । नेकपाको सचिवालय बैठकले नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गरेको छ ।

सोमबार नेकपाको सचिवालय  बैठकले श्रेष्ठले  प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकृत गरेको हो । उनले राजीनामा दिएको लामो समयदेखि अनिर्णित अवस्थामा रहेको थियो ।

डा.गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय ओली र दाहालले गरेका कतिपय निर्णयमा नीतिगत असहमति जनाउँदै सचिवालय सदस्य श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका थिए ।

यस अघि आइतबार बसेको सचिवालय बैठकमा सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *