मोटरसाइकलसहित करीब रु दुई लाख ५० हजारको कपडा बरामद

Sharing is caring!

कात्तिक ५, २०७५ । रौतहट, बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करीब रु दुई लाख ५० हजार मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा आज रौतहट सशस्त्र प्रहरी सरमुज्वाले बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुवास भट्टराईको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले रौतहटको मौलापुर नगरपालिका वडा नं ८ सगैया पिपरिया टोलबाट भारतीय मोटरसाइकलसहित पक्राउ बरामद गरेको कपडा र मोटरसाइकल आवश्यक कारवाहीका लागि आज गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक भट्टराईले बताए ।

चाडपर्वको मौका छोपी बारा, पर्सा, रौतहटलगायत जिल्लामा तस्करी फस्टाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *