नकारात्मक बहस नगर्न मन्त्री बस्नेतको आग्रह

Sharing is caring!

असोज ८, २०७५ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे नकारात्मक बहस गर्न नहुने बताएका छन् । राजधानीमा आयोजित राष्ट्रिय संरक्षण दिवस कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । मुलुकको आवश्यकताले निर्माणको प्रक्रिया अघि बढेको चर्चा गर्दै मन्त्री बस्नेतले नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रहसमेत गरे ।

‘विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएका छन्,’ बस्नेतले भने, ‘सकारात्मक चासोलाई सम्मान गर्दै विमानस्थल बन्छ ।’ विमानस्थल बनाउने क्रममा वातावरणीय क्षति कम होस् भन्नेमा आफू सचेत रहेको भन्दै मन्त्री बस्नेतले आफ्नो मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विवाद र विमति नरहेको दाबी गरे । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *