तेजाब आक्रमणबाट घाइते रौतहटकी सम्झना दासको मृत्यु

Sharing is caring!

असोज ८, २०७५ । तेजाब आक्रमणबाट गम्भीर घाइते बनेकी रौतहटकी सम्झना दासको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झनाको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिदी बहिनीलाई  गत २७ भदौमा राति सुतिरहेको बेला एसिड प्रहार गरेका थिए । बहिनी सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।  स्थानीय रामबाबु पासवानले  प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै तेजाब आक्रमण गरेका थिए । प्रहरीले पासवानलाई पक्राउ गरिसकेको छ । तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *