नेविसङ्घद्वारा मूल्यवृद्धिको विरोध प्रदर्शन

Sharing is caring!

असोज ८, २०७५ । नेपाल विद्यार्थी संघले चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारीसाधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारीसाधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारबाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानुनी राज्यको पालना गरजस्ता नारा लगाएर नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *