देशमा व्यवस्था बद्लिए पनि अवस्था बद्लिन सकेन : मन्त्री बस्नेत

Sharing is caring!

भदौ २, २०८० । जलश्रोत तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले देशमा व्यवस्था बद्लिए पनि अवस्था भने अपेक्षाअनुरुप बद्लिन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था बदल्न अपेक्षाअनुरुप बद्लिन नसकेको टिप्पणी गरे ।

उनले भने, राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्छौं र आधारभूत पक्ष बनाउँछौं जनता ईतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गछौं । व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षाअनुरुप सक्दैनौ ।

मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिका र महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *