दुग्ध विकास संस्थानमा नीतिगत अनियमिता

Sharing is caring!

भाद्र १४, २०७७ । दुग्ध विकास संस्थान लैनचौरले गत बर्ष कार्तिकमा प्रकाशन गरेको पदपुर्ति विज्ञापनमा नीतिगत अनियमिता भएको छ ।

यस संस्थानको विनियमावलि २०६३ को आठौँ संशोधन २०७६ को विनियम ३३ र ३४ अनुसार तिस दिन भित्र सम्भावय उम्मेदवारले मात्र आवेदन दिने व्यवस्था रहेको छ । विनियमलाई लत्याउदै संस्थानको प्रशासनले विनियम विपरित योग्यता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपव्याख्या गरेको छ ।

संस्थानको विनियमावलि भन्दा माथिल्लो लोक सेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि विपरित हुने गरी  व्याख्या गरेको पाईएको छ । त्यस्ता अयोग्य व्यक्तिलाई नै बढुवा गर्न उधृत भएको छ र संचालक समितीमा पनि विबाद रहेको डिडिसि स्रोतले बताएका छन् ।

दुग्ध विकास संस्थानका अधिकारीक यूनियनले व्यवस्थापनलाई संस्थानको विनियमावलि अनुसार चल्न एक विज्ञप्ति जरी गर्दै बिरोध जनाएका छन् ।

ddc
ddc

Leave a Reply

Your email address will not be published. Required fields are marked *