डिजिटल अर्थतन्त्र, गुणस्तर पूर्वाधार र दिगो ऊर्जा प्रमुख आधार

Sharing is caring!

कात्तिक २०, २०७६ । इण्डो प्यासिफिक देशमा अर्थतन्त्रको विकासका लागि डिजिटल अर्थतन्त्र, गुणस्तर पूर्वाधार र दिगो ऊर्जालाई प्रमुख आधारमा रुपमा अघि सारिएको छ ।
सोमबार भएको इण्डो प्यासिफिक विजनेश फोरम २०१९ को कार्यक्रममा एसियन देशहरुको अर्थतन्त्रको वृद्धिलाई अर्थतनन्त्रको विकासका लागि मुख्य नेतृत्वदायी मुद्दाको रुपमा अघि सारिएको हो । एक हजारभन्दा बढी सरकारका प्रतिनिधि र व्यापारीहरु सहभागी रहेको सो सम्मेलनमा बोल्दै अमेरिकाको डिपार्टमेण्ट अफ् कमर्सका सचिव विल्वुर रोसले डिजिटल अर्थतन्त्र, गुणस्तरयुक्त पूर्वाधार र दिगो ऊर्जा विकासका लागि अमेरिकी सरकारले इण्डो प्यासिफिक क्षेत्रमा ठूलो योगदान गरिरहेको बताए ।

६० प्रतिशतभन्दा बढी जनसंख्या रहेको र उदाउँदो अर्थतन्त्र विकासमा अघि बढेको इण्डो प्यासिफिक क्षेत्रको विकासका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पूर्ण प्रतिवद्धता रहेको बताउँदै उनले वैदेशिक लगानी बढाउँदै लगेको बताए । “अहिले अमेरिकाले १.२ ट्रिलियन डलर लगानी गरिरहेको छ, सन् २०१८ मा यसमा ५.९ प्रतिशतले बढेको छ, फेरि बढाउँदै छ ।” उनले भने–“इण्डो प्यासिफिक फोरम निजी क्षेत्रको लगानी बढाउनका लागि उपयुक्त अवसर हो, अमेरिकी राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा लगानी वृद्धि र साझेदारीमा विशेष जोड दिँदै आउनुभएको छ”
युएस चेम्बर अफ कमर्श र थाई चेम्बर अफ कमर्श लगायतको सहभागितामा आयोजना गरेको विजनेश फोरममा सचिव रोसले अमेरिका जहिले पनि स्वतन्त्र र खुल्ला लगानी र व्यापारको पक्षमा रहेको बताउँदै अमेरिकाले सधै पारदर्शितामा जोड दिने बताए । उनका अनुसार, इण्डो प्यासिफिक क्षेत्रका लागि अमेरिका सबैभन्दा बढी वैदेशिक लगानी मुलुक हो भने यस क्षेत्र र अमेरिकाबीच १.९ ट्रिलियन डलरको व्यापार र लगानी रहेको छ, यसबाट ५५ लाखले रोजगारी पाएका छन् । सन् २०१८ र २०१९ मा ४३९ परियोजनमा लगानी गरेको अमेरिकाले यस क्षेत्रमा ग्रिन फिल्ड लगानी अन्र्तगत १०२२ परियोजनामा लगानी गर्न लागेको पनि उनले जानकारी दिए ।
फोरममा दिएको जानकारी अनुसार, इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकामा ९ हजार कम्पनी कार्यरत छन् उनीहरुमार्फत ७.७५ विलियन डलर बराबर निर्यातका लागि सहयोग भएको छ भने २५ सय यस क्षेत्रका कम्पनीहरुले अमेरिकामा लगानी गर्न लागेका छन् ।
थाइल्याण्डको प्रधानमन्त्री कार्यालयका डेपुटी सेक्रेटरी जनरल कोदसाक पुत्रकुलले इण्डो प्यासिफिक फोरमले यस क्षेत्रको आर्थिक विकासका लागि लगानी वृद्धि र दिगो विकासका लागि ठूलो योगदान पु-याउने बताए । “अमेरिका सरकार र त्यहाँका कम्पनीबीच लगानी अभिवृद्धिका लागि फेराम ठूलो अवसर हो, भविष्यमा डिजिटल इकोनोमीमार्फत् व्यापार र लगानीको वृद्धि आवश्यक छ ।” उनले भने, “उत्पादित वस्तुको लगानी घटाउन र वातावरण अभिवृद्धिका लागि लाग्नु आवश्यक छ ।”
युएस चेम्बर अफ कमर्शको एशियाका उपाध्यक्ष चालेस फ्रिम्यानले अन्तरदेशीय व्यापारका लागि निगमन चुनौतीको रुपमा देखिएको बताउँदै यसका लागि गोप्यता प्रणालीलाई विकसित बनाउनुपर्ने बताए । “तथ्यांकको चलायमान, साइबर सुरक्षका लागि र यसका लागि आवश्यक ढाँचाको निर्माण गर्दै सूचना प्रविधि, ऊर्जा, आयात निर्यात र ठूलो पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ, फोरम त्यसका लागि ठूलो अवसर हो” उनले भने ।
थाइ चेम्बर अफ कमर्शका अध्यक्ष कालीन सरासिनले विश्व अर्थतन्त्र इण्डो प्यासिफिक क्षेत्रमा सरेको बताउँदै अर्थतन्त्रमा उदयमान क्षेत्रको अर्थतन्त्रको विकासका लागि यस क्षेत्रका सबै देशहरुको सहकार्य जरुरी रहेको बताए ।
सोमबार भएका छुटाछुटै सत्रहरुमा इण्डो प्यासिफिक क्षेत्रमा वाणिज्य क्षेत्रको अवसरको सदुपयोग, अर्थतन्त्र विकासमा डिजिटल प्रविधिको उपयोग, दिगो ऊर्जा र गुणस्तरीय पूर्वाधार विकासका साथै वित्तिय व्यवस्था र साझेदारीबारे छलफल भएको थियो । छलफलमा यसका सबै एकसाथ सहकार्य र साझेदारको रुपमा अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका थिए । यो खबर कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *