डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिम

Sharing is caring!

पुस ९, २०७५ ।  एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित संचार तालिम केन्द्र डर्बी इन्टर्नेशनल मिडिया प्रा. लि.ले गुणस्तर तालिमको सेवा र सुविधा मात्र नभई सयौंको संख्यामा कर्मठ संचारकर्मीको रुपमा स्थापित समेत गराइसकेको छ ।

अन्य समयमा प्रोफेशनल तालिम दिने यस डर्बी मिडियाले समय समयमा बिभिन्न कार्यक्रम गरेर विशेष छुटमा तथा निशुल्क तालिम समेत दिंदै आएको छ। यस पटक पनि आर्थिक परिस्थितिकै कारण शिपविहिन भै कुनै पनि युबा युवती बेरोजगार बस्न नपरोस् भन्ने उदेश्य सहित ७ दिने निशुल्क रेडियो उदघोषण प्रशिक्षण संचालन गर्ने भएको छ । यस वर्षको शैक्षिक जाडो बिदालाई ध्यानमा राखेर यो कार्यक्रमको आयोजना गरेको हो कतिलाई समयले साथ नदिने भएरपनि निशुल्क तालिममा सहभागी हुन नपाउने र शिप विहिन वा बेरोजगार हुनु परेको यथार्थ अनुभवको आधारमा यहि समय चयन गरिएको आयोजकको भनाई छ।

यस प्रशिक्षणमा कम्त्तिमा २७ जनालाई सहभागी गराइने र उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था गरिने छ। ‘सुन जोख्नु सय चोटी मान्छे जोख्नु एक चोटी भने जस्तै हामी विद्यार्थीहरुलाई तालिम अवधि लगत्तै रेडियोमा प्रत्यक्ष कार्यक्रम संचालन गर्ने अवसर दिनेछौं ,केहि टर्म एण्ड कन्डीशन पछि बेस्ट गर्नेले रोजगार पनि पाउनेछ’ डर्बीका संचालक दिनेश खनालले भन्नुभयो।

उक्त ७ दिने निशुल्क उदघोषण प्रशिक्षण रेडियो डर्बी र रेडियो हिमालयनको संयोजकत्वमा आगामी पुष १५ देखि २२ गते सम्म संचालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *