कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ, तर हिन्दूराष्ट्रको एजेण्डा बोकेको छैन: नेता साउद

Sharing is caring!

पुस ९, २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्धपी उनले कांग्रेसले हिन्दूराष्ट्रको मुद्दा नबोकेको जिकिर गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहाँसिक भएको र यसले देशैभरि एकताको सन्देश दिएको पनि दाबी गरेका छन् । महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भिर प्रश्न उठेको पनि उनले सुनाए । उनले भने,‘आधाभन्दा बढि सदस्यहरुले यसबारे प्रश्न उठाउनुभएको छ ।’

सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उनले राज्य आँफै नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको गम्भिर आरोप लगाए । उनले भने,‘कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम यो सरकारले गरेको र सरकार आँफै सहभागी भएकोबारे हाम्रो पार्टीभित्र समिक्षा भएको छ । कांग्रेसले सरकारको यो कदमलाई भत्र्सनायोग्य र गम्भिर कदमको संज्ञा दिएको छ ।’ पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलेको पनि उनले टिप्पणी गरे ।

साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको र यसप्रति पार्टीभित्र छलफल हुनेपनि जनाए । उनले भने,‘सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेली भएको छ । यो जघन्य कुरा हो ।’ पछिल्लो समय नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढेकोपनि उनले खतरा औंल्याए ।

फरक प्रसँगमा उनले वर्तमान सरकारले एउटापनि राम्रो काम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘सुशासनको ठाउँमा कुशासन दिएको छ । होली वाईन पिउने काम गरेको छ । वाईडबडी जहाज प्रकरण हेर्नुहोस् । नेकपाभित्रै अहिले घम्साघम्सी चलिरहेको छ ।’
साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १५० दिन बितिसक्दापनि अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन नसकेकोमा सरकारप्रति कडा आक्रोश पोखे ।

उनले भने,‘एउटी अबोध बालिकाको यसरी निर्मम तरिकाले हत्या भएको छ । तर, सरकारले घट्नाको अनुशन्धानबारे लापरवाही गरिरहेको छ । नक्कली मान्छे खडा गरेको छ । वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन् ।’ उनले कांग्रेसले अब संसद र सडक दुवै ठाउँमा संघर्ष गर्ने पनि जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *