कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

Sharing is caring!

बैशाख ८ , २०७७ । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विकको दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नतिजा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।

उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १६ दिनको उपचारपछि कोरोनालाई जितेर आइतबारै घर फर्किएका छन् । अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ । १२ चैतमा भारतबाट घर पुगेका उनलाई २२ चैतमा संक्रमणको पुष्टि भएको थियो ।

उनको दोस्रो र तेस्रो रिपोर्ट नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले बताए । डिस्चार्ज गरेका उनलाई घर फर्किएपछि पनि एक हप्तासम्म सामाजिक दूरी कायम गर्न भनिएको डाक्टर जोशीले बताए ।

बिकले दोस्रो र तेस्रो रिपोर्ट नतिजा नेगेटिभ आएर अस्पतालबाट डिचार्ज हुन पाउँदा धेरै खुशी लागेको बताए । ‘सवैलाई त्रसित पारेको रोगलाई जित्दा धेरै खुशी लागेको छ,’ उनले भने, ‘म मात्र होइन्, मेरो परिवार र पुरै मेरो गाउँमा सबै खुशी भएका छन् ।’

उनले उच्च मनोवल राखेर र हिम्मत नहारेमा यो रोगबाट निको हुन सकिने बताउँदै उपचार गराईरहेका सबैलाई हिम्मत नहार्न सुझाव दिए । आफू जसरी घरबाट आएँ त्यसैगरि निको भएर घर फर्केको बताउँदै उनले सधै आफ्नो मन बलियो राखेर कुनै टेन्सन नलिइकन सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने समेत बताए ।

कोरोनालाई जितेर डिस्चार्ज भएका ती युवकलाई घर फर्कने बेला सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेडी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी, उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर लगायतका स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । उनलाई लालीगुराँसको फूल दिएर विदाइ गरिएको थियो ।

अस्पतालमा धनगढी ५ का ३४ वर्षीय युवक र उनकी ३४ वर्षीया भाउजु तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको गरी चार जनाको उपचार भइरहेको छ । देशभरीमा ३१ जना संक्रमितमा उपचार पछि निको हुनेको संख्या चार पुगेको छ । यो खबर राजधानीबाट लिएका हौ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *