कांग्रेस महासमिति बैठक आज सकिँदै

Sharing is caring!

पुस ८, २०७५ । हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ। आज आइतबार केही जिल्ला सभापति र महासमिति सदस्यहरूले विधान प्रस्तावमाथि धारणा राखेपछि साFझ महासमिति बैठक समापन गर्ने तयारी भइरहेको छ।

केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएर आएको विधान प्रस्तावमाथि जिल्ला सभापति र महासमिति सदस्यहरूले केही बुFदामा असहमति राखे पनि विधानमा तलमाथि केही नगर्ने सभापति शेरबहादुर देउवाले स्पष्ट पार्नुभएको छ। शनिबार महासमिति बैठक शुरू हुनुपूर्व कांग्रेस जिल्ला सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतसFग भएको छलफलमा सभापति देउवाले केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको विधानको कुनै पनि बFुदा परिवर्तन नगर्ने स्पष्ट पार्नुभएको हो।

मुख्य गरी केन्द्रीय सदस्यहरू स्वतः महासमिति सदस्य हुने, जिल्ला सभापतिहरू स्वतः क्षेत्रीय प्रतिनिधि हुने विषयका साथै स्थानीय तहको उम्मेदवार छनोट जिल्ला संसदीय समिति प्रदेश तहको उम्मेदवारको छनोट प्रदेश संसदीय समिति र संघीय तहको उम्मेदवारको छनोट केन्द्रीय संसदीय समितिले गर्नुपर्ने विषयमा मतभिन्नता रहेको थियो। साथै आरक्षण र समानुपातिक कोटामा एक पटकभन्दा बढी अवसर नदिने विषय पनि सो छलफलमा उठेको थियो। लामो रस्साकस्सीपछि शीर्ष नेताहरूको जुFगाको लडाइF अन्त्य गर्दै विधान संशोधन प्रस्ताव शनिबारको महासमिति बैठकमा पेस भएको हो।

विधान संशोधन प्रस्तावमाथि महासमिति बैठकमा छलफल हुनुअघि बसेको जिल्ला सभापतिसहित संस्थापन पक्ष र पौडेल पक्षको छलफलमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले एकले अर्कोलाई आरोप प्रत्यारोप पनि गरेको सहभागी एक जिल्ला सभापतिले नेपाल समाचारपत्रलाई जानकारी दिए।

विधान संशोधन प्रस्ताव महासमितिमा छलफलमा लैजानुभन्दा अघि भएको बैठकमा सभापति देउवाले पौडेललाई देखाउFदै सभापतिले पदाधिकारी मनोनित गर्ने अधिकार राखौं भन्दा पनि नमानेको र सबै मिलेर आफ्नो हातखुट्टा बाFध्ने काम गरेको आरोप लगाउनुभएको थियो। पौडेलले भने समावेशीको आधारमा तीन उपसभापति र तीन महामन्त्री राखौं भन्दा देउवाले नमानेको आरोप लगाउनुभएको थियो।

सभापति शेरबहादुर देउवाले जिल्ला सभापति, महासमिति सदस्यहरू जति कराए पनि केन्द्रीय कमिटीले पारित गरेर ल्याएको प्रस्ताव यताउति गर्न नसक्ने स्पष्ट पारेको भन्दै काभ्रे जिल्ला सभापति मधु आचार्यले भन्नुभयो– ‘हामीले विधानमा संशोधन गर्नुपर्ने मुख्य बFुदाहरू राखेर पार्टी कार्यालयमा दर्ता गरेका छौं।’

उहाFका अनुसार महासमितिको सुझाव र भावनाअनुसार विधान संशोधन गर्न सभापति देउवाले अनिच्छा देखाएपछि विधानमा संशोधन गर्नुपर्ने बFुदासहित ५८७ दर्ता नम्बरमा पार्टी कार्यालयमा प्रस्ताव दर्ता गरिएको हो।

कांग्रेस केन्द्रीय समितिले ल्याएको विधान संशोधन प्रस्तावमा समावेशी सिद्धान्तको आधारमा आठ सहमहामन्त्रीसहित एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक कोषाध्यक्ष राख्ने व्यवस्था छ। जसमध्ये कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्छ।

पौडेले निर्वाचित भएर आउने पनि पार्टीकै नेता भएको भन्दै यो समस्या नभएको तर पार्टीमा गुटबन्दीको समस्या ठूलो भएकाले यसलाई अन्त्य गर्नुपर्ने बताउनुभएको थियो। कांग्रेसभित्र देउवा, पौडेलका साथै नेता कृष्णप्रसाद सिटौलाको गुट छ भने प्रभावशाली नेताहरूको छुट्टै उपगुट रहेको छ।

विधान संशोधन प्रस्तावमाथि शनिबार २६ जना जिल्ला सभापतिहरूले धारणा राखेका छन्। आज महासमितिमा दिनभर छलफल गराई बेलुकी विधान संशोधन प्रस्ताव पारित गरिन लागेको कांग्रेस नेता रामहरि खतिवडाले बताउनुभएको छ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *