दुई राप्रपाबीच शुक्रबार एकता

Sharing is caring!

माघ १८, २०७५ । पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच शुक्रबार एकताको घोषणा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएसँगै एकताको टुंगो लागेको हो ।

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति बनेको छ। चुनाव चिह्न ‘हलो’ हुने भएको छ।

पार्टी एकता घोषणाका लागि शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ। एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ।

मुलुकमाबलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले एकीकरण गर्न लागिएको नेताहरुले बताएका छन्। एकीकृत पार्टीको वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवाद हुने उल्लेख छ। नीति र सिद्धान्त भने सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सांपेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थत्नत्र र असंलग्न परराष्ट्र नीति हुने जनाइएको छ।

महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि दुवै अध्यक्ष रहेकोनिर्देशन समिति बनाइने छ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *