कांग्रेसले चियापानको स्वरूप फे-यो

Sharing is caring!

असोज २६, २०७५ । दसैँको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले बर्सेनि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ । बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट बर्सेनि कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो । तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भए पनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘३३ सालमा बिपी निर्वासनबाट फर्किएपछि ०३४ सालपछि राष्ट्रिय मेलमिलापका लागि दसैँको पूर्णिमाको दिन पार्टीको केन्द्रमा मात्र चियापान हुन्थ्यो,’ शर्माले भने, ‘४१ वर्षपछि केन्द्रबाट कांग्रेसको चियापान विकेन्द्रित हुँदै छ ।’

केन्द्रमा प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारीहरू, नागरिक समाज, पेसागत संघ–संगठनका प्रतिनिधि, कूटनीतिज्ञ, सर्वसाधारणलाई आमन्त्रित गरिने कार्यक्रमको स्वरूप जिल्लामा पनि यस्तै हुने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, दलका नेता, गाउँपालिका, नगरपालिकाका प्रतिनिधि, पेसागत संगठनका प्रतिनिधिसहितलाई बोलाइने उनले जानकारी दिए ।

केन्द्रमा जस्तै कोजाग्रत पूर्णिमाको दिन जिल्लाहरूमा पनि ७ असोजमा १ बजे नै कार्यक्रम सुरु हुनेछ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ७४ वटै जिल्लालाई परिपत्र गरी ‘सामाजिक सद्भाव र सुसंस्कृत व्यवहार अभिवृद्धि गरौँ’ भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न सर्कुलर गरेका छन् ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *